logo
२०८१ मंसिर ७ शुक्रवार



धर्मिक पर्यटकीय स्थल राजाजी डाँडामा मोटर पुगेपछि स्थानीय खुसी

पर्यटन |


धर्मिक पर्यटकीय स्थल राजाजी डाँडामा मोटर पुगेपछि स्थानीय खुसी
राजाजी डाँडाको सडक निर्माण भएपछि गाडी लिएर लहान नगरपालिका प्रमुख मुनि साह तस्बिरः जिवछ



जिवछ यादव
लाहान, पुस १९ गते । लाहान–१६ धार्मिक पर्यटकीय स्थल राजाजी डाँडामा मोटरगाडी पुगेपछि स्थानीयहरु खुसी भएका छन् । वर्षमा एकपटक मात्रै असारमा पूजा गर्न दुई घण्टा उकालो चढेर जाने स्थानीयहरु १५ मिनेटमै मोटर साइकल चढेर पुग्न सकिने गरी लहान नगरपालिकाले सडक निर्माण गरिदिएपछि स्थानीयहरु खुसी भएका हुन् ।

मधेशी समुदायले सलहेसको नाममले पुकार्ने देउतालाई पहाडी समुदायले राजाजी नामले सपिम्झने गरेकोले यस डाँडालाई राजाजी डाँडा भनिएको लहान–१६ का वडाध्यक्ष गरुल बहादुर जर्घा मगरले बताउनुभयो । उहाँको अनुसार लहान नगरपालिकाले राजजी डाँडालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीयहरुको मागलाई ध्यानमा राखेर सडक निर्माण गरी दिएर सराहनी काम गरेको छ । यस कामले स्थानीयहरु असाध्यै खुसी भएका छन् ।
स्थानीय देवेन्द्र यादव भन्नुहुन्छ,‘असार महिनाको असारी पूजामा राजाजी डाँडामा पूजा गर्न दुई घण्टाभन्दा बढी उकालो ओरालो गरेर जानुपर्दथ्यो । डाँडासम्म जाने मोटर बाटो निर्माण होला र ट्रायक खुल्ला भने सोचेका पनि थिएनौं । गएको स्थानीय चुनावमा नगरप्रमुख मुनि साहले स्थानीय तरेगनावासीसँग निर्वाचित भएपछि ट्रायक खोली दिइने प्रतिबद्धता जनाँउदा ट्रयाक खुल्ला भने विश्वास गरेका थिएनौ तर उहाँले गरेको प्रतिबद्धता अनुसार काम गरेकोमा स्थानीयहरु साह्रै खुसी भएका छौ ।’

आइतबार चार बजेतिर लाहान नगरपालिकाको चार चक्के गाडीमा राजाजी डाँडा पुगेर नगरप्रमुख साहले भन्नुभयो,‘यस डाँडालाई धार्मिक पर्यटकीय स्थल मात्रै होइन, मनोरञ्ज र शान्ति महसुसहुने पर्यटकीय स्थल बनाउन केबुलकार चलाउने योजना छ । लहानको सलहेस फूलबारी ,ब्रम्हानस्थान , मानिकदह, देवीदह हात्तीदह र राजाजी डाँडालाई सलहेस सर्किटसँग जोडेर लहान नगरपालिकालाई पर्यटकीय दृष्टिकोणले सम्पन्न बनाउन लागेका छौ ।’

लोकनायकको रुपमा चिनिएको सलहेसले फूलबारीमा फूल टिप्ने, मानिकदहमा स्नान गर्ने, ब्रम्हानस्थानमा कुस्ती खेल्ने पकडियागढमा अन्न भण्डार र न्याय दिइने रराजाजी डाँडामा गर्मीमा आएर कुस्ती खेल्ने अखडाहाको रुपमा रहेकोले सलहेस सर्किटसँग जोडेर लाहानमा धार्मिक पर्यटकीय भित्राउने सम्भावना निकै रहेकोले यसतर्फ लहान नगरपालिकाले गुरु योजना बनाएर अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले प्रष्टयाउनुभयो ।

चुरे क्षेत्रमा पर्ने राजाजी डाँडामा सयौ वर्ष पहिलेको इटामबाट बनेको जीर्ण मन्दिर देव हाट लाग्ने फराकिलो डाँडा र इनार रहेको यस डाँडामा संकटको वेला स्थानीयहरुले राजाजी सलहेसलाई पुकारेर प्रार्थना गरेपछि कल्याण हुने गरेको स्थानीयहरुको जनविश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?