logo
२०८१ जेष्ठ ४ शुक्रवार

  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल  



सञ्चालनको अन्तिम तयारी प्राविधिक र सुरक्षा कर्मचारीलाई तालिम

पर्यटन |


सञ्चालनको अन्तिम तयारी प्राविधिक र सुरक्षा कर्मचारीलाई तालिम


काठमाडौं, फागुन २५ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नसँगै व्यावसायिक उडान सञ्चालनको तयारी शुरु भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुद्ध जयन्तीदेखि नियमित रुपमा व्यावसायिक उडान सञ्चालकका लागि आवश्यक तयारीमा जुटेको विमानस्थल सञ्चालन तयारी कार्यदल सह–संयोजक विक्रमराज गौतमले जानकारी दिनुभयो ।

नागरिक उडड्यन सुरक्षा नियामवली अनुसार टर्मिनल क्षेत्रको सुरक्षा नेपाल प्रहरीले र कम्पाउण्ड क्षेत्रको सुरक्षा नेपाली सेनाले गर्ने प्रावधान अनुसार सुरक्षाकर्मीहरुलाई तालिम दिन सुरु गरेको विमानस्थल सञ्चालन तयारी कार्यदल सह–संयोजक गौतमले जानकारी दिनुभयो । विमानस्थलमा गरिने गतिविधिहरुमा हुने सुरक्षा अवस्थालाई प्रभावकारी बनाउने प्राधिकरणले गत सोमबार सुरक्षा, भन्सार, श्रम तथा रोजगार विभाग, नागरिक उडड्यन लगायत निकायसँग छलफल समेत शुरु गरी काम अघि बडाएको जनाएको छ ।

विमानस्थलमा प्रयोग हुने प्रिबोर्ड प्यासेन्जर स्क्यानिङ एक्सरे मेसिन सञ्चालनका लागि विमानस्थलमा कार्यरत सुरक्षा जनशक्ति तालिम दिन शुरु भएको गौतमले जानकारी दिनुभयो । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गत साता मात्र सम्पन्न गरेको थियो । विमानस्थलको तयारी सम्पन्न गरी व्यवसायिक उडानका लागि परीक्षण उडान गर्ने जनाएको छ । नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । गौतम बुद्धले उडान शुरु गरेपछि काठमाडौंको हवाइ ट्राफिक कम हुने विश्वास प्राधिकरणले लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?