logo
२०८१ बैशाख २४ सोमवार



४८० आरोहीले लिए १७ हिमाल आरोहण अनुमती

पर्यटन |


४८० आरोहीले लिए १७ हिमाल आरोहण अनुमती


काठमाडौं, चैत २५ गते । यस वर्ष १७ वटा हिमाल आरोहणका लागि ४८० जना आरोहीले पर्यटन विभागबाट अनुमती लिएका छन् । विभागले जारी गरेको सूचना अनुसार यी मध्ये सगरमाथा सहित १७ वटा हिमाल आरोहण गर्न ५६ वटा आरोहणदलबाट अनुमती लिएको हो ।

आरोहण अनुमती लिने मध्ये सबैभन्दा धेरै सगरमाथाका लागि दुई सय जना, ल्होत्से हिमाल आरोहणका लागि ५२ जना र आमादव्लम हिमाल आरोहणका लागि ३९ जना रहेको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो । आरोहण अनुमती लिनेमा ३६८ जना पुरुष र ११२ जना महिला गरी जम्मा ४८० जना रहेका छन् । यस वर्ष नयाँ थप हिमालमा थापा पिक आरोहणका लागि चार जना र भेम्दाङ रि हिमाल आरोहणका लागि समेत आठ जना आरोहीले अनुमती लिएको विभागले जनाएको छ ।

विभागले आरोहण रोयल्टी शुल्क बापत २८ करोड ९८ लाख ७८ हजार ६७७ रुपैयाँ राजश्व समेत संकलन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?