logo
२०८१ बैशाख १३ बिहीवार



आफ्नै कीर्तिमान तोड्न लाक्पा १० औँ पटक सगरमाथा आरोहण गर्दै

पर्यटन |


आफ्नै कीर्तिमान तोड्न लाक्पा १० औँ पटक सगरमाथा आरोहण गर्दै


काठमाडौं, चैत २८ गते । धेरै पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएका आरोही लाक्पा शेर्पाले आफ्नै कीर्तिमान तोड्न फेरी सगरमाथाको आरोहण गर्नुहुने भएको छ । नौ पटक सफल आरोहण गरिसक्नुभएकी लाक्पा १० औँ पटक सगरमाथा आरोहणका लागि आधारशिविरतर्फ जान लाग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट क्लबका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो ।

सङ्खुवासभा मकालुकी लाक्पाले यस अघि सन् २०००, २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ मा सगरमाथाको आरोहण गरेका गरिसक्नुभएको छ । यो वर्षको आरोहणपछि धेरै पटक सगरमाथा आरोहण गर्नुहुने महिलाको कीर्तिमान तोडिने भएको छ । शेर्पाले यस अघि एक पटक मात्र नेपाल तर्फको बाटोबाट र आठ पटक तिव्वत तर्फको बाटोबाट सगरमाथाको आरोहण गर्नुभएको थियो ।

लाक्पाले १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाने कम्पनीले जनाएको छ । पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पापछि दोस्रो पटक सगरमाथाको आरोहण गर्ने महिला लाक्पा शेर्पा हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?