पर्यटकको पर्खाइमा सुदूरपश्चिम
गोरखापत्र अनलाइन
फाल्गुन ७, २०७८ शनिबार
सुदूरपश्चिम प्रदेश भन्नेबित्तिकै प्राकृतिक र सांस्कृतिक विविधताका तस्बिर देखा पर्छ । प्राकृतिक सौन्दर्य, विविधता र त्यहाँ आश्रित वन्यजन्तुका लागिसमेत सुदूरपश्चिम प्रख्यात छ । तराई, पहाड र हिमाली क्षेत्रमा छरिएको सुदूरपश्चिममा बहुभाषा, संस्कृति, खानपान, जनजीवनसमेत विशिष्ट प्रकारकै छन् । यिनै विशेषताको व्यवस्थित संरक्षण, विकास र प्रवद्र्धनले पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना छ ।