भारतीयको आकर्षणको केन्द्र बन्दै नेपालगञ्ज
गोरखापत्र अनलाइन
फाल्गुन १४, २०७८ शनिबार
भारतीय सिमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपाली र भारतीय पर्यटकलाई आकर्षित गरिरहेका छन् । कोरोना सङ्क्रमण घट्दै गएपछि नेपाली र भारतीय पर्यटक आउने क्रम बढेकाले यहाँको पर्यटन व्यवसाय उकालो लाग्न थालेको व्यवसायीले नै बताएका छन् । पर्यटन व्यवसायीका अनुसार पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीय गन्तव्यका रूपमा...