म्याग्दीको माथिल्ला भेग आन्तरिक पर्यटकले भरिभराउ
रासस
माघ २३, २०७८ आइतवार
म्याग्दीका माथिल्लो क्षेत्र यतिखेर आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । हिउँमा खेल्न लेकमा जाने आन्तरिक पर्यटकले जिल्लाका माथिल्लो क्षेत्र भरिएका हुन् । हिउँसँग रमाउन र दृश्यावलोकन गर्न लेकतर्फ उक्लिएको बेनी नगरपालिका–२ का सन्तोष खड्काले बताउनुभयो ।
“मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिइनँ, यस वर्ष हिउँ खेल्न लेकतिर उक्लिएको हुँ”, उहाँले भन्नुभयो, “धेरै वर्षपछि लेकमा पुगेर साथीहरूसँग हिउँ खेल्दा निकै आनन्द...