पर्यटकीय क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुन्छ : मन्त्री आले
रासस
फाल्गुन १४, २०७८ शनिबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।
अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आज यहाँ उद्घाटन गर्दै उहाँले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले प्रचूर सम्भावना बोकेको सुदूरपश्चिमको आर्थिक रुपान्तरणका यी क्षेत्रको...