स्वास्थ्य मापदण्ड पालना गर्दै १० देशबाट नियमित उडान
गोरखापत्र अनलाइन
पुष २५, २०७८ आइतवार
विभिन्न १० वटा देशबाट त्रिभुवन विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । कुवेत, मलेसिया, कतार, दुवई, साउदी, चीन, टर्की, श्रीलङ्का, भारत र सिङ्गापुरबाट नियमित उडान हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका लागि २० वटा वायुसेवा कम्पनीले ३० वटा बढी गन्तव्यमा उडान गर्दे आए पनि हाल १० देशबाट नियमित उडान गर्दै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता पे्रमनाथ ठाकुरले...