logo
२०८१ बैशाख १२ बुधवार



विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने

खुला |
पर्यटन |


विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने


काठमाडौं, पुस २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्न नआउन आग्रह गरेको छ ।

कार्यालयले विज्ञप्तिमार्फत जरुरी काम बाहेक यात्रुको स्वागत तथा बिदाइका लागि मात्र विमानस्थल नआइदिन आग्रह गरेको हो । विमानस्थलमा अनावश्यक भिडभाड नगरिदिन साथै हवाई यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको परिपालना गरी गराई मात्र दैनिक हवाई सेवा सुचारु गर्नु गराउनु हुन सम्बद्ध सबै सरोकारवालासँंग विशेष अनुरोध विज्ञप्तिमा गरिएको छ ।
साथै, कोभिड –१९ को जोखिमलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक पास उपलब्ध नगराइने जनाएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?