छङ्गाछुर भीर हेर्न बन्दीपुरमा बन्दै सिसाको भ्युटावर
गोरखापत्र अनलाइन
श्रावण २०, २०७८ बुधबार
‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्न सिसाको भ्यू–टावर बन्ने भएको छ । बन्दीपुर गाउँपालिकाले भ्यू–टावरको लागि बजेट विनियोजन गरेको छ ।हिमाल, रमणीय फाँट, पखेरा, जङ्गल पहाड बन्दीपुरबाट टावर नभएपनि प्रष्ट देखिन्छ तर टुडिखेल मुनिको छङ्गाछुर भिर हेर्न कठिनाई भएकोले भ्यू–टावर निर्माण गर्न लागिएको बताइएको छ ।