भारतीय पर्यटक लक्षित नेपालगञ्ज–पोखरा उडान नियमित हुँदै
गोरखापत्र अनलाइन
श्रावण ८, २०७८ शुक्रबार
साउन १७ गते (अगस्त १ तारिख)देखि वुद्ध एयरले नेपालगञ्ज–पोखरा नियमित उडान सुरु गर्ने भएको छ ।
पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिनुभयो । नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध एयरले जनाएको छ ।