मत्स्य पयर्टन फस्टाउँदै, उत्पादनसँगै पर्यटकबाट राम्रो आम्दानी
गोरखापत्र अनलाइन
चैत्र २३, २०७७ सोमबार
मोरङको उर्लाबारी–८ स्थित मन्जिल एग्रीकल्चर कम्पनीले २०७४ को वेशाखमा सुरु गरेको मत्स्य पर्यटन सहितको बृहत् माछापालन अहिले पूर्वी मोरङको नयाँ पर्यटकीय गन्तब्य बनेको छ ।
विभिन्न जातका माछा र स्थानीय जातका कुखुराको मासु खान एवं जल बिहार गर्न त्यहाँ पुग्ने पाहुनाको सङ्ख्या दैनिक बढिरहेको सञ्चालक डिल्लीराम न्यौपानेले बताउनुभयो । अहिले न्यौपाने र नीलप्रसाद गौतमले ११ बिघा जग्गामा चार बिघाको जलाशययुक्त पोखरीमा माछापालन...