४९ सम्पर्क अधिकृत आधार शिविरमा, जिम्मेवारी पूरा नगरे कारबाही
गोरखापत्र अनलाइन
चैत्र ३१, २०७७ मंगलवार
यस वर्ष पर्वतारोहणलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन पर्यटन विभागले १० वटा हिमालमा ४९ जना सम्पर्क अधिकृत खटाएको छ । अघिल्ला वर्षहरुमा तोकिएका सम्पर्क अधिकृत आधारशिविर नपुग्दा हिमाल आरोहणका क्रममा अवैधानिक र गैरकानुनी क्रियाकलाप बढेको भन्दै विभागले यस वर्षदेखि कडाइ गरेको जनाएको छ ।