logo
२०८१ बैशाख २० बिहीवार

  रंगमञ्चदेखि चलचित्रमा  



चर्चामा ‘चिसो एष्ट्रे’

भिडियो |


चर्चामा ‘चिसो एष्ट्रे’


मनोजरत्न शाही र केशब गुरुङ

काठमाडौं, चैत १२ गते । चैत ४ गतेदेखि प्रदर्शमा आएको नेपाली चलचित्र हो ‘चिसो एष्ट्रे’ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण थलिएको नेपाली चलचित्र उद्योगमा ‘चिसो एष्ट्रे’ले एउटा आशा देखाएको छ ।

रंगमञ्चदेखि चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका ‘चिसो एष्ट्रे’का नायक दिव्य देव चलचित्रले खुशी दिएको बताउनुहुन्छ । चलचित्र हेर्नेमध्ये ९० प्रतिशत बढीले राम्रो प्रतिक्रिया दिएको उहाँको भनाइ छ । ‘चलचित्र ‘चिसो एष्ट्रे’ को प्रतिक्रिया सकारात्मक छ’, देवले भन्नुभयो, ‘९० प्रतिशत बढीले राम्रो प्रतिक्रिया दिनुभएको छ ।’

दर्शकले चलचित्र मिहेनत गरेर बनाएको कुरा देख्नुभएको उहाँको भनाइ छ । सन् २०१८ मै खिचिएको चलचित्र बल्ल प्रदर्शनमा आएको हो। विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नु परे पनि नेपाली कथा भएकाले दर्शकले मन पराउनुभएको उहाँले प्रष्ट पार्नुभयो ।

‘विदेशमा दुई सय करोडमा बनेका चलचित्रसँग हामीले दुई करोडमा बनाएको चलचित्रले प्रतिस्पर्धा गर्नुपर्छ’, देव भन्नुहुन्छ, ‘पैसा मात्र ठूलो कुरा होइन। कथा हामीले नै भन्ने हो । नेपाली चलचित्रमा सम्भावना धेरै छन् । तर, त्यसका लागि हामीले मिहेनत गर्नुपर्छ ।’

चलचित्र ‘चिसो एष्ट्रे’ मा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?