धान खेतमा हाँस पालन, न मल न गोडमेल, दोहोरो फाइदा
गोरखापत्र अनलाइन
भाद्र २८, २०७८ सोमबार
झापामा धानखेतिमा नै हाँस पालन सुरु भएको छ । यसमा लागत कम हुने र आम्दानी दोब्बर हुने हुँदा कृषक हर्षित भएका छन् ।
झापाको गौरादह नगरपालिका वडा नम्बर ७ मा राष्ट्रिय खाद्य बैक लिमिटेडले सञ्चालनमा ल्याएको कृषि परियोजना स्थलमा अहिले राइस डग फार्मिङ सुरु गरिएको हो । चीनको सिसौ प्रान्त भएर जापानबाट सफलतापूर्वक सुरु भएको यस खेती प्रणालीमा दोहोरो फाइदा हुन्छ । खेतमा बेर्न रोपको २२ दिनमा हाँसका २२ दिनका चल्ला खेतमा छोडिन्छ...