logo
२०८० चैत्र १५ बिहीवार



काँग्रेस प्रदेश २ सभापतिमा यादवको उम्मेदवारी घोषणा

खुला |
प्रदेश |


काँग्रेस प्रदेश २ सभापतिमा यादवको उम्मेदवारी घोषणा


धर्बेन्द्र झा
जनकपुरधाम, मंसिर १८ गते । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सोमबार हुने प्रदेश २ को पहिलो प्रदेश अधिबेशनको निर्वाचनमा काँग्रेस रौतहटका सभापति कृष्ण यादवले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

प्रदेश २ को राजधानी जनकपुरधाममा उम्मेदवारी घोषणाका लागि नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री एवम काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश २ को सभापति पदमा यादवले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

आगामी निर्वाचनमा प्रदेश २ मा काँग्रेसको बहुमत ल्याउन र काँग्रेसको संगठन सुदृढ गर्न प्रदेश सभापतिमा आफनो उम्मेदवारी भएको उहाँले बताउनुभयो । उम्मेदवारी घोषणा गर्दै उहाँले २०३६ साल देखि नै आफु काँग्रेसमा आवद्ध भई कामकाज गर्दैआएको बताउनुभयो । संविधान सभाको पहिलो निर्वाचानमा रौतहट क्षेत्र नं. ४ बाट संविधान सभा सदस्य भएका यादवले हाल काँग्रेस रौतहटको सभापति भएर काम गर्दै आउनुभएको छ । उम्मेदवारी घोषणा सभामा बोल्दै प्रदेश २ का संयोजक रमेश रिजालले यादव प्रदेश २ सभापतिका लागि योग्य भएको बताउनुभयो ।

यादवको पक्षमा सहमतिको बातावरण तयार भइरहेको भन्दै सहमति नभएको खण्डमा चुनाव हुने बताउनुभयो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य आनन्द ढुगांना, केन्द्रीय सदस्य महेन्द्र यादव, काँग्रेस धनुषा क्षेत्र नं.४ का सभापति कोमलकान्त झासहितका नेता तथा कार्यकताहरुको उपस्थिति थियो ।

यसअघि प्रदेश २ को सभापतिका लागि प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री एवम काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । प्रदेश २ मा निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?