सुनकोसीको पानी घर–घरमा, उपभोक्तालाई राहत
गोरखापत्र अनलाइन
मंसिर ३, २०७८ शुक्रबार
सुनकोसी गाँउपालिका– ६ चैनपुर निवासी राजन कार्कीलाई गत हिउँद मौसमको सुरुसँगै खानेपानीका लागि निकै सकस थियो । यो बर्ष यतिखेर उहाँलाई हाईसन्चो छ । बस्तीभन्दा पाँचसय मिटर तल रहेको सुनकोसीको पानी उहाँको घरमा हरेक दिन आउँछ ।
‘यो बर्षदेखि खानेपानी समस्याबाट मुक्ति मिलेको छ, घर अगाडिको धारामा चौबिसैं घण्टा खानेपानी झरि रहन्छ,’ उहाँले भन्नुभयो, ‘गाँउमा झण्डै दुई बर्षअघि निर्माण सुरु गरिएको चैनपुर सौर्य लिफ्ट खानेपानी...