बाबुराम शर्मा
चरीकोट, मङसिर ३ गते । पठन संस्कृतिको विकास गराउने मुख्य उद्देश्यकासाथ दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका– ३ चरिघ्याङ चरीकोटमा बुक लिङ्क स्थापाना गरिएको छ ।
स्थानीय स्तरमा सरकारी तथा गैरसरकारी संंघ संस्थाले प्रकाशन गरेका सबैखाले लेख रचना समेतको पनि अभिलेखीकरण गर्ने उद्देश्यकासाथ यो लिङक स्थापपना गरिएको सञ्चालक जीवन लामाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार दिगो तथा सुरक्षाका लागि पुस्तक, स्मारिका, ब्रुसरलगायतका सबैखाले अभिलेखीकरण गर्न लागिएको हो । यसबाट स्रस्टाका प्रकाशित तथा अप्रकाशित रचनाहरु भावीपुस्ताका लागि समेत संरक्षण हुने अपेक्षा गरिएको छ । पठन संस्कृतिको विकास गराउने मुख्य उद्देश्य रहेकाले सङकलित सामग्री अध्ययन गर्न चाहनेका लागि डोरटुडोर होम डेलिभरी गर्न लागिएको छ । यसलाई जिल्लाभर लगिने पनि सोच बनेको छ ।
लिङकलाई अध्ययन तथा समिक्षा गर्ने, छलफल गर्ने थलोकारुपमा विकास गर्ने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो, “पढ्न तीब्र इच्छा हुनेहरुले कुरयिरमार्फत मगाउनुपर्ने बाध्यता अब हट्ने छ । विमोचन हुनुपूर्व नै सबैखाले कृतिहरु यहाँ उपलब्ध हुने व्यवस्था गरिएको छ । पढिसकेका सामग्री यहाँ दिने र त्यसको सट्टामा अर्को सामग्री लान सक्ने व्यवस्था गरिएको छ ।”
पठन संस्कृतिको विकासकै लागि स्थापना भएकाले आफूलाई मन पर्ने पुस्तक यहीँ बसेर पढ्ने र लागेका सुझाब दिन आश्रयथलोको पनि व्यवस्था गरिएको छ । सञ्चालक लामाले भन्नुभयो, “यहाँ साहित्य, राजनीति, शिक्षा, स्वास्थ्य, कृषि, ईतिहास, बालबालिकाको जीवनोपयोगी समेतका पुस्तक रहेका छन् । सुझाबअनुसारका अरु प्रकृतिका पुस्तहरु पनि थप्दैजाने लक्ष्य रहेको छ ।
अहिले छ लाख रुपियाँ बराबरका पुस्तकहरु छन् । व्यवस्थित गर्न अरु आठ लाख रुपियाँ लगानी भएको छ । यसमा पत्रकारद्वय जीन लामा र शेरबहादुर भुजेलको संँयुक्त लागानी रहेको छ । यसलाई पारदर्शी र दिगो बनाउन कफी बुकको पनि व्यवस्था हुनेछ ।