वैकल्पिक मार्गबाट सवारीका साधन गुड्न थाले
रासस
श्रावण २६, २०७८ मंगलवार
बाढीले जिल्लाका पश्चिमी भेगका सडक, पक्की र झोलुङ्गे पुल क्षतिग्रस्त छ । गत असार १ र यसपछिका लगातारको अकल्पनीय बाढीले सडक र पुलमा क्षति पुगेपछि जिल्लाका हेलम्बु,पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका तथा मेलम्ची नगरपालिकाका विभिन्न गाउँ सडक सञ्जालबाट सम्पर्क टुटेका छन् । अहिले स्थानीय तहले वैकल्पिक सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन् ।