आधुनिक बन्दै गाउँमा कृषि पेसा, घरघरमा टल्किन्छन् टनेल
गोरखापत्र अनलाइन
भाद्र ७, २०७८ सोमबार
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी आसपासका गाँउका घर घरमा यतिखेर टनेल (प्लाष्टिकको घर) टल्किदै गएका छन् ।
जिल्लामा पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र गरिने बेमौसमी तरकारी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएपछि घर–घरमा टनेल टल्किएका हुन् । सदरमुकाम आसपास रहेका चपौली, रतनचुरा, तीनकन्या, हिर्दिङ, भद्रकाली, डाडी लगायतका गाँउमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन् ।