मेलम्ची र हेलम्बु बाढीपीडित थातथलो छाड्दै
गोरखापत्र अनलाइन
भाद्र १२, २०७८ शनिबार
असार १ गतेदेखि निरन्तर बाढी आएर परिवारका सदस्य, घरखेतबारी सबै बगाएपछि मेलम्ची र हेलम्बुका बाढीपीडितहरु थातथलो छाडेर हिँड्न थालेका छन् । महिनौंदेखि त्रिपाल र टहरामा सास्ती खेपिरहेका बाढीपीडितहरु अहिले धमाधम मेलम्ची र हेलम्बु क्षेत्र छाडिरहेका छन् ।
हेलम्बु गाउँपालिकाका चालिसेगाउँ, किउल, तालामाराङ, चनौटेबजार, गणेशबगर, मेलम्ची नगरपालिकाका भट्टे, सिमखेत, मेलम्ची बजार, दुलाल गाउँका बाढीपीडित थातथलो छाडेर राजधानी,...