बौद्ध दर्शनले सार्क मुलुकलाई जोडेको छः सार्क महासचिव विराकुन
गोरखापत्र अनलाइन
कार्तिक १७, २०७८ बुधबार
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसला विराकुनसहितको टोली लुम्बिनीको अवलोकन भ्रमणमा आएको छ । टोलीमा उहाँकी पत्नी एवं श्रीलंकन राष्ट्रपतिको विदेश विभाग पूर्व निर्देशक क्रिशान्ति विराकुन, श्रीलंकन महाविहारका इन्चार्ज पन्नसरा थेरो, युएनडीपी लुम्बिनी कार्यालय प्रमुख सुदीप अर्याल, पर्यटन व्यवसायी कृष्ण अधिकारीलगायत हुनुहुन्छ ।