सीप कोठामै थन्कियो, बजार नपाउँदा चलेन जाँगर
गोरखापत्र अनलाइन
मंसिर ४, २०७८ शनिबार
बाँसबाट बनाइएका विभिन्न सामग्रीहरु कोठाभरि असरल्ल परेका छन् । धन्न सामुदायिक वनकै भवनमा ती सामग्री राखिएका कारण कोठाभाडा तिर्नुपरेको छैन । तुलसीपुर १९ मा रहेको पकर्रे र कालिका मालिका किसान जलुके सामुदायिक वनका उपभोक्ताले १५ दिनसम्म बाँसका विभिन्न सामग्री बनाउने तालिमबाट सीप सिकेको बताउनुभयो ।