निर्मला कुर्मीलाई बेपत्ता पारेकाे आरोपमा ६ जना पक्राउ
गोरखापत्र अनलाइन
कार्तिक २२, २०७८ सोमबार
नेपालगञ्जमा अत्याधिक चासो र चर्चामा रहेको निर्मला कुर्मीको अपहरण काण्डमा प्रहरीले छ जनालाई सोमवार पक्राउ गरेको छ ।
नेपालगञ्ज–१७ परस्पुरकी निर्मला अपहरण गरी हत्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।