कर्णालीमा थप ११ जनामा सङ्क्रमण, १४ जना निको भए
गोरखापत्र अनलाइन ,
असार ७, २०७७ आईतवार
कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणको सङ्ख्या एक हजार २५६ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा आइतबार सल्यानका छ जना, सुर्खेत र दैलेखका दुई/दुई जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रुकुमपश्चिमका एक जनामा कोरोना...