डोल्पामा एमाले र स्वतन्त्रबाट ४१ जना एकिकृत समाजवादीमा सनाखत
गोरखापत्र अनलाइन
भाद्र २१, २०७८ सोमबार
नेकपा (एमाले)बाट फुटेर बनेको नेकपा (एकिकृत समाजवादी)मा डोल्पाका ४१ जना स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गरी आफूहरु उक्त पार्टीमा रहेको जनाएका छन् । सोमबार दिउँसो साढे २ बजेतिर ब्यानर, झण्डासहितको जुलुस जिल्ला निर्वाचन कार्यालय डोल्पामा पुगेर ४१ जना जनप्रतिनिधिहरुले नेकपा (एकिकृत समाजवादी)मा रहेको भन्दै सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
ठूलीभेरी नगरपालिकामा नेकपा(एमाले)बाट नेकपा(एकिकृत...