युवा सङ्घको साताव्यापी रक्तदान अभियान, २१२ युनिट रगत सङ्कलन
रासस
भाद्र २४, २०७७ बुधबार
कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ । प्रसूति, मिर्गौला, क्यान्सर तथा नियमित डायलासिसका बिरामी रगत अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी सिफारिस ९रिफर० भएर आउने भएकाले यहाँ सधैँ रगतको माग उच्च हुने गर्दछ ।