भूकम्प र जथाभावी सडक खन्दा थिल्थिलिएको सिन्धुपाल्चोकमा अझै रोकिएन पहिरो, स्थानीय चौँरीगोठमा आश्रित
गोरखापत्र अनलाइन ,
भाद्र २५, २०७७ बिहीबार
वर्षा सकिन लागे पनि सिन्धुपाल्चोकको विभिन्न स्थानीय तहका गाउँगाउँमा अझै पहिरो रोकिएको छैन । बाढीपहिरोले सिन्धुपाल्चोकवासीलाई आजित बनाएको छ । घर छाडेर पहिरोपीडित लेक र जङ्गलमा गएर बसेका छन् । बाह्रबिसे नगरपालिका-३ को शम्शेरडाँडा, गुम्बेडाँडा, मैच्याङडाँडा, सिरुपाखर, सिस्नेगैरोमा पहिरो आउँदा २० घरभन्दा बढी बसाइँ सरेका छन् । उक्त सङ्ख्याका घरधुरी लेकमा गएर चाैँरी गोठमा आश्रित भएका छन् ।
'घरमा बस्न जाउँ भने पहिरोले...