सुनकोशीमा पहिरोले चार घर पुरियो
रासस
भाद्र १४, २०७७ आईतवार
आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय रेशम बोहोराले जानकारी दिनुभयो ।केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात...