कोरोनामा जडीबुटी र फलफूलको नर्सरी
रासस
भाद्र १३, २०७७ शनिबार
कोभिड–१९ को सङ्क्रमणका कारण गत चैत ११ देखि लकडाउन गरिएपछि धेरै मानिस घरभित्र निस्क्रिय भएर बसे । तर, म्याग्दीको बेनी नगरपालिका–२ खबराका ६५ वर्षीय यामबहादुर घिमिरे भने लकडाउन शुरु हुने वित्तिकै नयाँ कामको थालनीमा लाग्नुभयो । त्यो काम थियो : श्रीखण्ड, बेलपत्र र तुलसीको साथै फलफूल र जडीबुटीको नर्सरी स्थापना ।