पहिरोमा पाँच घर पुरिए, १२ जना घरभित्रै च्यापिएको आशङ्का
गोरखापत्र अनलाइन ,
भाद्र १४, २०७७ आईतवार
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पहिरोले पाँच वटा घर भत्कँदा १२ जना पुरिएका छन । गएराती परेको पानीले वडा नं १ का लली नेपाली, मन्दीर कटुवाल, धनपति बिक र बिर भेरीकारका घर भत्किँदा १२ जना घर भित्रै पुरिएको स्थानीयले वताएका छन । एक जना वर्ष पाँचका निराजन शाहीको शव निकालिएको छ ।