लमजुङमा तीन प्रहरीसहित आठ जनामा कोरोना सङ्क्रमण
गोरखापत्र अनलाइन ,
भाद्र १५, २०७७ सोमबार
लमजुङमा सोमबार ३ प्रहरीसहित ८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । कन्ट्रयाक ट्रेसिङको आधारमा स्वाब संकलन गरिएका ३ प्रहरी, बैंकका कर्मचारी, बेंसीशहर नगरपालिकाका कर्मचारी, लमजुङ मोडल हस्पिटलका कर्मचारी र स्थानीयमा कोरोना संक्रमण भएको हो ।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार सोमबार संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत ३५ बर्षीया महिला, २२ बर्षीय पुरुष र २३...