भेट्न घरमै जाने, निसङ्क्रमण गर्नेदेखि शव उठाउन जुटे स्थानीय
गोरखापत्र अनलाइन ,
भाद्र १२, २०७७ शुक्रबार
कोरोना संक्रमणको त्रास बढ्दै गएपछि अस्तव्यस्त दैनिक जीवन सहज बनाउन साहसहरु बटुलिन थालेका छन् । संक्रमित र संक्रमितको घरपरिवारमा सामाजिक हेलाँ बढेपछि घरमै पुगेर डिस्इन्फेक्सन (निसङ्क्रमण) र स्यानिटाइजिङ (निर्मलीकरण) गर्नेदेखि शव व्यवस्थापन गर्नेसम्मको अभियान विराटनगरमा सुरु भएका हुन् ।
नेपाल कम्यूनिष्ट पार्टी विराटनगर महानगर कमिटिले गत हप्तादेखि संक्रमित नागरिकको घर डिस्इन्फेक्सन गर्ने अयिभान सुरु गरेको...