कोरोनाले सिकार पर्यटन रोकियो, मानव–वन्यजन्तु द्वन्द्व घट्यो
गोरखापत्र अनलाइन ,
भाद्र ११, २०७७ बिहीबार
नेपालको एक मात्रा सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा प्रत्येक वर्ष दुई याममा नाहुर र झारलको शिकार हुन्छ । पहिलो सिजनको सिकार कात्र्तिक– मंसिर हो भने दोस्रो यामको सिकार चैत्र–बैशाखको २१ दिनसम्म संचालन हुन्छ । गत आर्थिक वर्षमा पहिलो याम (कात्र्तिक–मंसिर) मा ११ वटा नाउर र झारलको सिकार भए पनि दोस्रो सिजनको सिकार स्थिगित भयो ।