गर्भवतीलाई हेलिकप्टरद्वारा उद्धार
रासस
श्रावण २२, २०७७ बिहीबार
सिन्धुपाल्चोक पाँचपोखरी थामपालथाप वडा–६ निवासी गर्भवती पासाङ लामाको हवाई उद्धार गरिएको छ ।
उक्त स्थानमा हालै ठूलो पहिरो गएकोले बाटोघाटोको असुविधा छ ।
यसैबीच, लामालाई प्रसव पीडा भएपछि बिहीबार उद्धार गरी थापाथलीस्थित परोपकार तथा स्त्री रोग अस्पताल ल्याईएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत ३४ वर्षिया गर्भवती लामाको उद्धार गरिएको हाे ।