कोदारीमा पहिरो गएपछि हेलम्बु राजमार्ग अवरुद्ध
गोरखापत्र अनलाइन
श्रावण २२, २०७७ बिहीबार
हेलम्बु राजमार्ग अन्र्तगत कोदारीमा पहिरो गएपछि यातायात अबरुद्ध भएको छ । बुधबार राती परेको पानीले सडक माथिबाट खसेको पहिरोका कारण सडक अबरुद्ध भएको स्थानीयले जनाएका छन । सिन्धुपलाञ्चोक जिल्ला र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने मण्डनदेउपुर नगरपालिका वडा न ७ कोदारीमा पहिरो आएर सडक अबरुद्ध भएपछि दूध, तरकारी लगायत सामग्री आवतजावत रोकिएको मण्डनदेउपुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष झलकप्रसाद पौडेलले जानकारी दिनुभयो ।...