अवरुद्ध बार्जुगाड-बल्दे सडक खोल्ने काम शुरु गरिँदै
गोरखापत्र अनलाइन
श्रावण २०, २०७७ मंगलवार
साँफे मार्तडी राजमार्ग अन्तरगत पर्ने बार्जुगाड देखि बल्दे सम्मको बाटो खोल्ने काम सुरु भएको छ । गत असार २२ गते अविरल वर्षादका कारण राजमार्ग अन्तरगत गर्ने बार्जुगाड गुइगाड, ताँप्रीसेरा बल्दे, अम्कोट लगायतका ठाउँमा सडक भत्किएपछि बाटो बन्द भएको थियो ।
कुनै पनि यतायातको सवारी साधन नचलेपछि बाजुराका स्थानीयलाई बार्जुगाड देखि मार्तडी सम्मको २७ किलोमिटर बाटोमा आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको छ । बाटो बन्द भएको...