logo
२०८१ फाल्गुन ३० शुक्रवार



राजविराजमा थप चार जनामा कोरोना सङ्क्रमण

प्रदेश |


राजविराजमा थप चार जनामा कोरोना सङ्क्रमण



देवराम प्रसाद यादव
सप्तरी, साउन २० गते । सप्तरीमा मङ्गलबार थप चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । साउन १९ गते स्वाब सङ्कलन गरिएकामध्ये ४६ जनाको रिपोर्ट आउँदा चार जनाको रिपोर्ट पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ । उनीहरू सबै राजविराज नगरपालिकाका हुन् ।

राजविराज नगरपालिका-९ का ५० वर्षीय पुरुष, वडा नं. ३ का २७ वर्षीय पुरुष, वडा नं. १३ का २८ वर्षीय महिला र वडा नं. ६ का २१ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले बताउनुभयो ।
योसँगै सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५३५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?