प्रमाण नष्ट गरेकाे आरोप लागेका आठ प्रहरी निर्दाेष ठहर
गोरखापत्र अनलाइन ,
श्रावण १५, २०७७ बिहीबार
कञ्चनपुर जिल्ला अदालतले बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका आठ जना प्रहरीलाई सफाइ दिएको छ । अदालतले कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज बिष्टसहित आठ जना प्रहरीलाई सफाइ दिएको हो । सफाइ पाउनेमा बिष्टसहित प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी, ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सइ हरिसिंह धामी, रामसिंह धामी र प्रहरी हवल्दार चाँदनी साउद रहेका छन्...