अछामको रामारोशनको एकै वडामा तीनसय घर पहिरोको जोखिममा
गोरखापत्र अनलाइन ,
श्रावण १५, २०७७ बिहीबार
दुई दिनदेखिको अविरल वर्षाका कारण कालिकोटसँग जोडिएको रामारोशन गाउँपालिकामा एकै वडामा तीनसयभन्दा बढी घर पहिरोको जोखिममा परेका छन् । रामारोशन गाउँपालिका–५ काअल्लेडीका २५० घर, आडेखाँदका ५० घर, र नेटाकोटका ११ र सल्लीसैनका पाँच घरसहित३१७ घर पहिरोको जोखिममा रहेको वडा अध्यक्ष लक्ष्मण परियारले जानकारी दिनुभयो ।