बुधबार पर्सामा ५१ सङ्क्रमित थपिए; स्वास्थ्यकर्मी, सेना, प्रहरी र कैदीबन्दीमा पनि सङ्क्रमण
गोरखापत्र अनलाइन ,
श्रावण १४, २०७७ बुधबार
बुधबार साँझ १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार साँझ थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बुधबार एकैदिन पर्सामा ५१ जना सङ्क्रमित थपिएका हुन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिन्डेन्टेन्ट मदन उपाध्यायका अनुसार बुधबार साँझ नारायणी अस्पतालका चार स्वास्थ्यकर्मीसहित १७ जना सङ्क्रमित फेला परेका र यसअघि बुधबार बिहान सेना, प्रहरी र कैदीबन्दीसहित...