मुस्ताङमा यो वर्ष धेरै वर्षा, सडक अवरुद्ध हुँदा सम्पर्क रोकियो, ४८ परिवार विस्थापित
गोरखापत्र अनलाइन ,
श्रावण ६, २०७७ मंगलवार
निकै कम वर्षा हुने भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष भने अत्यधिक भएकाे छ । वर्षाका कारण सडकहरू अवरुद्ध हुँदा अन्य जिल्लाबाट मुस्ताङ प्रवेशकाे सीधा सम्पर्क टुटेको छ । मुस्ताङ प्रवेशका लागि एक मात्र सडक मार्ग बेनी-जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएसँगै मुस्ताङ प्रवेश गर्ने र बाहिरिने मार्ग बन्द भएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार सडक यातायात म्याग्दीसँग जोडिएको...