पर्साको जिल्ला प्रशासन कार्यालयमा नै तीन फिट पानी जम्यो
गोरखापत्र अनलाइन ,
श्रावण ६, २०७७ मंगलवार
तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुबानले मध्य तराईको बारा, पर्सा रौतहटलगायत जिल्लाको जनजीवन पनि प्रभावित भएको छ । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिका पनि जलमग्न भएको छ ।
पर्साको जिल्ला प्रशासन कार्यालयमा समेत करिब तीन फिट पानी जमेको छ । वीरगञ्ज महानगरपालिकाको कार्यालयसमेत डुबानमा परेको छ । नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय, वीरगञ्जलगायत आदर्शनगर...