चियामा फेरि विवाद : उद्योगीको छवि गिराएको आरोप
रासस
श्रावण ७, २०७७ बुधबार
‘सदावाहर’जस्तो चलिरहने चिया विवाद फेरि बल्झिएको छ । केही महिना अघि मात्र शुरु भएको किसान–उद्योगी विवाद साम्य हुन नपाउँदै यहाँस्थित सूर्योदय नगरपालिकामा अर्को विवाद चर्केको छ ।
केही दिनअघि नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, नगरपालिकाको चिया शाखा सचिवालय संयोजक देवेन्द्र शर्मा, चिया तथा कफी बोर्डका प्रमुखसहितको टालीे उद्योगमा पुगेर अनुगमन गरेपछि विवाद बाहिरिएको हो । नगरपालिकाले बनाएको दुई...