गुहार मागेर गाउँले बोलाएँ, हुस्सु लागेकाले उद्धार गर्न सकिएन
गोरखापत्र अनलाइन ,
श्रावण ४, २०७७ आईतवार
रातको ११ बजेको थियो । हामी सडक निर्माणमा संलग्न साथीहरू ट्रयाक्टरमा आउँदै थियौँ, ट्रयाक्टर एकै पटक सडक छेउको डिभाइडरमा ठोकियो । म हतपत हाम फालेँ र मेरो ज्यान जोगियो । म ट्रयाक्टरको ट्रलीको माथिल्लो छेउमा बसेको थिएँ । त्यसैले हाम फाल्न सकेँ ।