दार्चुलाको परिगाउँमा पहिरो जाँदा आमा-छोरी बेपत्ता
गोरखापत्र अनलाइन ,
श्रावण ५, २०७७ सोमबार
दार्चुलाको नौगाड गाउँपालिका—६, परिगाउँमा पहिरो जाँदा स्थानीय दुई जना बेपत्ता हुनुका साथै करोडौँका भौतिक क्षति भएको छ । बेपत्ता हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना र उहाँकी छोरी ६ वर्षीया रेवती ठगुन्ना रहेको स्थानीय सन्तोषसिंह ठगुन्नाले जानकारी दिनुभयो । पहिरोले परिगाउँमा मात्रै आबि परिगाउँको विद्यालय भवन, २८ बाख्रासहित बाख्रा फर्म, तीन वटा पानी घट्ट बगाएको छ । स्थानीयका तीन घर पूर्ण रुपमा क्षति हुनुका साथै पाँच परिवारको...