ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाउने सात जनाको परिचय खुल्यो
गोरखापत्र अनलाइन ,
श्रावण ४, २०७७ आईतवार
प्यूठानमा ट्रयाक्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भएकाे छ । मृत्यु हुनेमा रोल्पा रुन्टिगढी गाउँपालिका–५, वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठामगर, गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेका छन् ।