दानव नदीले धार बदल्यो, बस्ती नै जोखिममा
गोरखापत्र अनलाइन ,
श्रावण २, २०७७ शुक्रबार
दानव नदीले धार परिवर्तन गरेपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२, मर्चवारमा पर्ने भर्थापुर गाउँबस्ती जोखिममा परेको छ । गाउँभन्दा पाँच सय मिटरभन्दा पर रहेको दानव नदी अहिले बस्तीछेउमै आएकाले गाउँ नै जोखिममा परेको स्थानीय मंग्रा धुनियाले बताउनुभयो ।
अहिले यहाँका बासिन्दा आकाशमा कालो बादल देखेर गाउँमा बाढी आउने डरले त्रसित हुन थालेका छन् । अविरल वर्षाले उक्त नदीको दुवै मुहान भरिएर बग्न लागेको देखेर फेरि...