लगातारको वर्षाले नदीमा जलस्तर बढयो, मटिहानी-जलेश्वर सडक अवरुद्ध
गोरखापत्र अनलाइन ,
असार २७, २०७७ शनिबार
शुक्रबार रातिदेखि परिरहेको अjlरल वर्षाले महोत्तरीको विभिन्न ठाउँहरूमा बाढीको जोखिम बढेको छ ।
जिल्लामा रहेको रातो, बिग्ही, जङ्गहा, अङ्कुसी, भब्सी, माढा लगायतका नदीहरूमा जलस्तर बढेको छ भने कतिपय स्थानमा नदीको तटबन्ध कटानसमेत शुरु भएको छ । सदरमुकाम जलेश्वर जोडने अधिकांश सडक भएर पानी बग्न थालेको छ । जलेश्वर मटिहानी सडकखण्डमा रातिदेखि नै दुई फिटभन्दा बढी पानी सडक भएर बग्दा उक्त अवरुद्ध हुन पुगेको छ । जलेश्वर-मटिहानी सडकखण्डको...